गैरआवासीय नेपालीको युरोपेली सम्मेलन सुरु, नेपालमा १० अर्ब लगानी गर्नेबारे छलफल हुने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को  १५ औं युरोपेली सम्मेलन आज शुक्रवारदेखि चेक रिपब्लिकको प्रागमा सुरु भएको छ । तीन दिन चल्ने सम्मेलनको उद्घाटन नेकपा एमालेका नेता सुवास नेम्वाङले गरेका छन् । 

अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागीता रहेको जनाइएको सम्मेलनको समापन गर्न परराष्ट्रमन्त्री एनपी साउद जाने संघले जानकारी दिएको छ । 

Advertisement

सम्मेलनमा संघका नियमित एजेण्डालगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा छलफल हुनेछ । यस्तै, सम्मेलनमा संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुने जनाइएको छ । 

संघले नेपालमा जति पुँजीको लगानी आवश्यक छ, त्यति नै सीप, ज्ञान र प्रविधि लगानीको महत्व रहेको भन्दै सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा पनि छलफल हुने जानकारी दिएको छ । 

सम्मेलनमा भाग लिन भन्दै नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा, संघका पदाधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि कार्यक्रमस्थल पुगेका छन् ।

Advertisement

Advertisement