नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ परेका छन् । 

प्रहरी उच्च स्रोतका अनुसार पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

Advertisement

Advertisement