लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट शुरु, भैरहवा विमानस्थलबारे चिन्ता

Advertisement

काठमाडौं । विश्वभरका पर्यटकहरुलाई बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित गौतम बुद्धको जनम्स्थल लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ शुरु भएको छ ।

मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा सुरु भएको तीन दिने मार्ट बिहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको हो । 

Advertisement

सो अवसरमा बोल्ने वक्ताहरुले भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे बढी चिन्ता प्रकट गरेका थिए । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर टुर प्याकेज निर्माण गर्नुपर्ने बताएका थिए । 

कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे । उनले गौतम बुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एक पटक भए पनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरुले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्ने बताए । 

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि यो मार्टको आयोजना गरिएको बताए । उनले नेपालको लागि लुम्बिनी र बुद्ध विश्वमा परिचित स्थल भएकाले यसमार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको बताए । 

परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओलीले विमेष्टेक क्षेत्रका देशहरुलाई लुम्बिनीसँग जोडेर गतिविध सञ्चालन गर्न सके लुम्बिनीमा पर्यटकीय गतिविधि बढाउन सकिने उल्लेख गरे । आफूहरुले पनि विमेष्टेक देहरुसँग बुद्धिष्ट पर्यटन प्रर्वद्धनको लागि पहल गरिरहेको उनले बताए ।  

पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले लुम्बिनीको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनीमा मार्टको आयोजना गरिएको जानकारी दिए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितिले लुम्बिनीको पर्यटन चलायमान हुने बताए ।

होटल एशोसियशनका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष रमेश थापा लगायतले लुम्बिनी आफैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको अवस्थामा यस प्रकारका कार्यक्रमले यस क्षेत्रको पर्यटन थप चलायममन हुने बताएका थिए । 

मार्टमा नेपाल सहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल तथा टूर कम्पनीहरु सहभागी छन । मार्टमा विदेशी ट्राभल तथा टूर कम्पनीका प्रतिनिधिहरु, सरकारका प्रतिनिधि, नाटा सदस्य कम्पनी, पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि सहभागी छन् । 

Advertisement

Advertisement