शक्ति बेगानी महासंघको सूचना तथा संचार प्रविधि विकास समितिको सभापति

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्ति वेगानी चयन भएका छन । 

महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधानबमोजिम वेगानीलाई समितिको सभापति चयन गरेका हुन् । बेगानी सूचना तथा प्रविधि क्षेत्रका जानकार रहेको र उनी मुलुकको प्रतिष्ठित व्यापारिक घराना वेगानी ग्रुपका प्रवन्ध निर्देशक हुन् । 

Advertisement

दुई पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित उनी गणपति ज्वलेर्सका अध्यक्ष पनि हुन् । उनी हाल एक दर्जनभन्दा बढी व्यवसायमा संलग्न छन । बेगानीले सभापति चयनपछि आफ्नो कार्यकालमा सूचना तथा सञ्चार प्रविधि उच्चतम प्रयोगमा ल्याईने बताए । 

उनले भने, ‘यसको अधिकतम् विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ ।’  यसअघि बेगानी महासंघको बैंक, वित्त तथा बीमा समितिमा थिए । 

मनोनयको प्रमाणपत्र दिँदै महासंघका अध्यक्ष ढकालले वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम् प्रयोगसहित महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने आशा लिएको बताए । 

Advertisement

Advertisement