उड्न लागेको बेला जहाजभित्र मुसो भेटिएपछि उडान स्थगित

Advertisement

काठमाडौं । जनकपुरबाट बिहान करिव ९ बजे काठमाडौं उडान लागेको बुद्ध एयरको जहाजभित्र मुसा भेटिएपछि उडान नै स्थगित भएको छ । उडन लागेको बेला यात्रुले जहाजभित्र मुसा देखेपछि उडान रोक्किएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आजै काठमाडौंबाट गएको जहाज फर्किन लागेको बेला मुसा देख्खिएपछि रोक्किएको र मुसा कसरी छिर्यो भन्नेबारे अनुसन्धान गर्न काठमाडौंबाट इन्जिनियरहरु गएको बताए । 

Advertisement

जहाजको परीक्षणपछि मात्रै जहाजले उडान गर्नसक्ने उनले बताए । बुद्ध एयरको उडान नम्बर ५०२ को ‘नाइनएन– एजेएल’ जहाजमा मुसा देखिएको रिपोटिङपछि यात्रुहरु लिन अर्को जहाज काठमाडौंबाट पठाइएको बुद्ध एयरले जानकारी दिएको छ । उक्त जहाजमा ४९ जना यात्रु काठमाडौं आउने तयारीमा थिए । 
 

Advertisement

Advertisement