विद्यालयमा दिवा खाजाका लागि रु. आठ अर्ब ४५ करोड, तर ‘जंक फुड’ खुवाउन नपाइने

Advertisement

काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरुलाई दिँदै आएको दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिँदै आठ अर्ब ४५ करोड रुपियाँ छुट्याईएको छ ।  

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको बताएका हुन् । उनले विद्यार्थीहरुलाई जंक फूड जस्ता अस्वस्थकर खाने कुरामा खुवाउन नपाइने र स्वस्थकर एवं पौष्टिकयुक्त खाने कुरा मात्रै खुवाउनुपर्ने बताए । 

Advertisement

Advertisement

Advertisement