गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत

Advertisement

काठमाडौं । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिने भएको छ । 

सोमबार अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् । 
गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement