सार्वजनिक ऋण बढ्दै गएको बेला अर्थमन्त्री भन्छन्– सरकारको ऋण तिर्ने क्षमता सुध्रिँदैछ

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरेका छन् । 

आईतवार प्रतिनिधि सभा बैठकमा उनले आन्तरिक र बाह्य ऋण लिने मात्रै नभएर सरकारले उठाउने राजश्वबाट सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने गरेको भन्दै ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरे । 

Advertisement

आन्तरिक ऋण भुक्तानीको लागि समेत सरकारले हरेक वर्ष बजेटमार्फत प्रर्याप्त बजेट विनियोजन गर्दै आएको बताउँदै पुनले बाह्य ऋणको सावाँ र ब्याजको भुक्तानी गर्दा विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भए पनि मुलुकको विदेशी विनिमय सञ्चिति प्राप्त रहेकाले विदेशी मुद्रामा सावा ब्याज भुक्तानी गर्न समेत कुनै समस्या नरहेको बताए । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिस अनुसार मात्र आन्तरिक ऋण लिने गरेको पुनले बताए । उनले २०८० असार मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको भन्दै २०८१ जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड पुगेको बताए । 

मन्त्री पुनले कुल गार्हस्थ उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४२.०८ प्रतिशत रहेको बताए । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये सार्वजनिक ऋण १२ खर्ब ७ अर्ब ८६ करोड अर्थात ५० .३ प्रतिशत र आन्तरिक ऋणतर्फ ११ खर्ब ९२ अर्ब ४८ करोड अर्थात ४९.७ प्रतिशत रहेको उनले बताए । 

दश वर्षअघि २०७१ असार मसान्तमा सरकारको सार्वजनिक ऋण पाँच खर्ब ५३ अर्ब ७८ करोड ८७ लाख अर्थात जीडीपीको २४.८ प्रतिशत रहेको भन्दै सो अवधिको सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ३७.१ प्रतिशत र बाह्य ऋण ६२.७ प्रतिशत रहेको बताए । पुनले १६ औं योजनाले २०८६ असार मसान्तसम्म कुल सार्वजनिक ऋण जीडीपीको ३९ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनाले लिएको लक्ष्यबमोजिम सार्वजनिक ऋण परिचालन गर्ने नीति अख्तियार गरेको उल्लेख गरे । 

उनले भने, ‘२०८० असार मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको थियो । २०८१ जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड पुगेको छ । कुल ग्राहस्र्थ उत्पादनको अनुपातमा यो ४२.०८ प्रतिशत छ । तिर्न बाँकी सार्वजनिक ऋण मध्ये सार्वजनिक ऋण १२ खर्ब ७ अर्ब ८६ करोड अर्थात ५० .३ प्रतिशत र आन्तरिक ऋण चर्फ ११ खर्ब ९२ अर्ब ४८ करोड अर्थात ४९.७ प्रतिशत रहेको छ । आज भन्दा १० वर्षअघि २०७१ असार मसान्तमा सरकारको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ७८ करोड ८७ लाख अर्थात जिडिपीको २४.८ प्रतिशत रहेको थियो । सो अवधिको सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ३७.१ प्रतिशत  र वाह्य ऋण ६२.७ प्रतिशत थियो । १६ औं योजनाले २०८६ असार मसान्तसम्म कुल सार्वजनिक ऋण जिडिपीको ३९ प्रतिशत भित्र कायम गर्ने लक्ष्य लिएको छ ।’ 

पुनले थपे, ‘सरकारले १६ औं योजनाले लिएको लक्ष्य बमोजिम सार्वजनिक ऋण परिचालन गर्ने नीति अख्तियार गरेको छ । चालु आर्थिक वर्षको जेठसम्म सरकारले आन्तरिक ऋणतर्फ २ खर्ब २५ अर्ब र वाह्य ऋण तर्फ ८२ अर्ब ६७ करोड २८ लाख गरी ३ खर्ब ७ अर्ब ६७ करोड २८ लाख सार्वजनिक ऋण परिचालन गरेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा सरकारले आन्तरिक ऋण तर्फ १ खर्ब ६१ अर्ब ६२ करोड ३३ लाख र वाह्य ऋणतर्फ ३५ अर्ब ७० करोड ६४ लाख गरी जम्मा १ खर्ब ९७ अर्ब ३२ करोड ९७ लाख सावा भुक्तानी गरेको छ । आन्तरिक ऋण भुक्तानीको लागि समेत सरकारले हरेक वर्ष बजेटमार्फत पर्याप्त बजेट विनियोजन गर्दै आएको छ । यस्तो रकम सरकारले उठाउने राजश्वमार्फत भुक्तानी गर्ने गरेको छ । सरकारले सार्वजनिक ऋण उठाउने मात्रै नभएर उल्लेख्य रकम सावाँ भुक्तानीमार्फत तिर्दै आएको छ । यसबाट सरकारको ऋण तिर्ने क्षमतामा समेत सुधार हुँदै गएको देखिन्छ ।’

उनले चालु आर्थिक वर्षको जेठसम्म सरकारले आन्तरिक ऋणतर्फ दुई खर्ब २५ अर्ब र बाह्य ऋणतर्फ ८२ अर्ब ६७ करोड २८ लाख गरी तीन खर्ब ७ अर्ब ६७ करोड २८ लाख सार्वजनिक ऋण परिचालन गरेको बताए । पुनले चालु आर्थिक वर्षको जेठसम्ममा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ६१ अर्ब ६२ करोड ३३ लाख र बाह्य ऋणतर्फ ३५ अर्ब ७० करोड ६४ लाख गरी जम्मा एक खर्ब ९७ अर्ब ३२ करोड ९७ लाख सावा भुक्तानी गरेको बताए । 

Advertisement

Advertisement