सुकुमेलको भन्सार १० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । सरकारले सुकुमेलमा भन्सार महशुल बढाएको छ । हिजो संसदमा प्रस्तुत गरिएको आर्थिक ऐन २०८० मार्फत उक्त कर बढाईएको हो ।

विगतमा जम्मा दश प्रतिशत मात्रै भन्सार महशुल लाग्दै आए पनि अहिले भने २० प्रतिशत लाग्ने भएको हो । हरेक नेपालीको भान्सामा अधिकतम मात्रा प्रयोग हुने मसलामा सुकुमेल पर्ने भएकाले पनि उक्त दरमा भएको हेरफेरले ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ । आम उपभोक्ता र साना ठूला व्यापारीहरुले पनि सुकुमेलको दरभाउ तथा करको अवस्थालाई सधैं नियालेर हेर्ने गर्छन् ।

Advertisement

अब ग्राहकले खरिद गर्ने सुकुमेल र यसको धुलो दुबैमा सरकारले भन्सार महशुल बढाउने घोषणा गरेको हो । 

Advertisement

Advertisement