बल्खुमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला

Advertisement

काठमाडौं । राजधानीको बल्खुमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेको छ । स्थानीय एक पसलमा काम गर्ने १९ बर्षीय युवती आइतबार साँझ भुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । 

धादिङ स्थायी घर भएकी ती युवती सो पसलमा काम गर्न थालेको २० दिन मात्रै भएको थियो । उनले पसलको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको, उनले आत्महत्या गरेको हो वा हत्या हो ? छानविन भइरहेको प्रहरीको भनाई छ । 
 

Advertisement

Advertisement

Advertisement