प्रभु लाइफको नयाँ अध्यक्ष भट्टचनद्धारा सपथ ग्राहण

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालबाट मंगलबार सपथ लिएकी छन् । 

यही गएको जेठ २६ गते प्रभु लाइफले आफ्नो पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनीको सोही साधारण सभाबाट संस्थापक समूहका शेयरधनीमा शिक्षा भट्टचन निर्वाचित भएकी थिइन ।

Advertisement

त्यस्तै, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई पनि प्रभु लाइफको सञ्चालक समिति सदस्यमा चयन भएका थिए । महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जरमा जान लागेको प्रभु लाइफको साधारणसभाले मर्जरको प्रस्तावलाई अनुमोदन गरिसकेको छ । 

Advertisement

Advertisement