पर्वतारोही चतुर तामाङद्वारा १२२औं पटक माउन्ट एल्ब्रसको सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को १२२ औं पटक सफल आरोहण गरेका छन् । 

उनले जुन ९ तारिखका दिन रुसी समयअनुसार बिहान १० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । तामाङले यस पटक उत्तर तर्फबाट माउन्ट एल्ब्रसको सफल आरोहण गरेको नवौं पटक भएको कर्पोरेट नेपाललाई सुनाए । 

Advertisement

सोलुखुम्बु मापिया दुधखोसी गाउँपालिकाका तामाङले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका थिए । उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । 

हालसम्म तामाङले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लागतको सफल आरोहण गरेका छन् ।

Advertisement

Advertisement