घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ विहीबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गते बिहीबारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । 

प्रतिशेयर रु. १०० अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । 

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६ लाख ९१ हजार १ सय ६७ जनाले १० कित्ताका दरले पाउने छन् । 

उक्त कम्पनीको आईपीओका लागि छिटोमा असार ४ गते र ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले यसअघिनै उद्योग प्रभावित क्षेत्रका बासिन्दा,   वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि शेयर बिक्री गरिसकेको छ ।

Advertisement

Advertisement