सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले यही जुन २१ मा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने शुक्रबार अनुमति पाएको हो । 

Advertisement

पोखरामा नियमित उडानहरू ल्याउन सिचुवान एयरलाइन्ससँग छलफल जारी रहेको प्राधिकरणले जनाएको छ ।

पोखरा विमानस्थल गएको पुस १७ बाट सञ्चालनमा आएको हो । 

Advertisement

Advertisement