मनकामना केबलकार यात्रा गर्नेको संख्या अहिलेसम्म  कै उच्च

Advertisement

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । 

चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । 

Advertisement

यस अघि आब २०७५/७६ मा जेठ महिनामा नै १,३५,२७२ को मासिक रेकर्ड थियो, जुन यस आबको जेठ महिनामै तोड़िएको छ । यसरी यस आबको जेठ महिनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ । 

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । 
 

Advertisement

Advertisement