‘औजार एक सोलुसन’ र ‘प्राईम क्लिनिङ’ ले थप सुबिधासहित सहकार्य गर्ने

Advertisement

काठमाडौं । औजार एक सोलुसन र प्राइम क्लिनिङले थप सुबिधासहित सहकार्य गर्ने भएका छन् । 

विगत तीन बर्षदेखि आवसीय तथा व्यवसायिक भवनहरु मर्मत सम्भार  तथा निर्माण कार्य गर्दै आएको औजार र घर, कार्यालयदेखि सोफा कार्पेट आदि क्लिनिङ सुबिधा दिंदै आएको प्राइमबीच आफ्ना ग्राहकहरुलाई छिटो छरितो र थप सुबिधा दिनको लागी सम्झौता भएको हो । 

Advertisement

प्राईमका प्रमुख कार्यकारी अधिकृत राज खड्का तथा औजारका प्रमुख कार्यकारी अधिकृत उत्सब भट्टराईको उपस्थितिमा सम्पन्न सम्झौतामा औजारका प्रबन्धक अजयकुमार त्रिपाठी तथा प्राईमका प्रबन्धक सिद्धार्थ कार्कीले हस्ताक्षर गरेका छन् । 

औजारले हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरहरुमा आफ्नो सेवा दिंदै आईरहेको छ भने प्राईमले काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेमा सेवा दिंदै आएको थियो भने अबदेखी पोखरामा पनि सेवा बिस्तार गरेको छ । 

धारा, बत्ति मर्मत, रंगरोगन, टायल, फलाम तथा ट्रस, छ्तबाट पानी चुहिने, फल्स सिलिङ, मोडुलर किचन, कार्पेन्टर, सिभिल आदि इत्यादिको सेवा औजारले दिदै आईरहेको छ भने प्राईमले ठूलाठूला भवनका भित्र बाहिर, टायल तथा ग्रेनाईट, सोफा कार्पेट आदि अत्यधुनिक उपकरणद्वारा सफाई तथा पोलिस गर्ने काम गर्ने गरेको छ ।

Advertisement

Advertisement