उडान प्रतिबन्ध फुकुवा पछि श्री एयरलाइन्सको उडान आजदेखि नियमित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान शुरु भएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिजो श्री एयरलाइन्सका सबै उडानहरुमा प्रतिबन्ध गरिएको थियो । साथै श्री एयरलाइन्सले आफ्नो सम्पूर्ण जहाजहरुको जाँज गरेपछि आजबाट नियमित उडान सुरु गरेको छ ।

Advertisement

शनिबार धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको र पोखरामा ओइल लिक भएको जहाज गरी दुई वटा जहाजहरु मर्मतसम्भारमा रहेको प्राधिकरणले जनाएको छ । यस्तै बाँकी तीन वटा जहाजहरु आजबाट नियमति उडान सुरु भएको हो ।  

शनिबार धनगढी र पोखराका लागि काठमाडौंबाट उडेका श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको थियो । 

Advertisement

Advertisement