हिमाल आरोहण क्षेत्रका श्रमिकहरुद्धारा न्यूनतम ज्याला बढाउन आग्रह, नबढाए आन्दोलन

Advertisement

काठमाडौं । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)ले एक्सपेडिशन अपरेटर एशोसियशन अफ नेपालमा माग पत्र पेश गर्दै न्यूनतम ज्याला बढाउन आग्रह गरेको छ । 

एक्सिपेडिशन क्षेत्रका श्रमिकहरुले हरेक दुई वर्षमा सामुहिक सौदावाजीमार्फत न्युनतम् ज्याला वृद्धिका लागि माग गर्न पाउने अधिकार कानुनले आफूहरुलाई दिएको भन्दै  समयअनुसारको न्यूनतम् ज्याला बढाउन माग गरेको हो । 

Advertisement

जोटुफका सचिव तथा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघका अध्यक्ष रामकाजी तिवारीले जोटुफ र जोटुफ आवद्ध ट्रेड युनियनहरुले माग पूरा नभएर चरणवद्ध आन्दोलनमा उत्रिने बताए ।

Advertisement

Advertisement