काठमाडौंका सीडीओलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । उनले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको बताइन् ।  

Advertisement

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने निर्णय गरेको छ । शर्माका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो । 

Advertisement

Advertisement