नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिइएको अडियो शर्माको आवाजसँग मिल्यो !

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ ।

राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । 

Advertisement

उक्त निवेदन माथि छानबीन हुँदा सो अडियो शर्माको आवाजसँग मिलेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले उल्लेख गरे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।


 

Advertisement

Advertisement