एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्टको प्रायोजन

Advertisement

काठमाडौं । यहि असार २७ गतेदेखि साउन १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५औं एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । 

यसअघि पनि शिवम् सिमेन्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजन गरिसकेको छ ।  

Advertisement

उक्त च्याम्पियनसिपमा नेपालबाट विभिन्न विधाहरुमा सहभागिता जनाएनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोमबहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने भएका छन् । 

नेपाल एथ्लेटिक्स एसोसियशनका तर्फबाट सचिव आरके विष्ट  र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भिपि निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
 

Advertisement

Advertisement