काठमाडौं । मनाङ एयरको जहाज केही समय अघिदेखि सम्पर्कबिहीन रहेको बेला सोलुखुम्बुको दुधकुण्ड–२ लामाजुराका स्थानीयले ठूलो आजान आएको सुनेको भन्दै खबर गरेको प्रहरीले जानकारी दिएको छ ।
कोशीका प्रहरी प्रमुख डिआईजी राजेशनाथ बाँस्तोलाले स्थानीयले जानकारी दिएको आधारमा संभावित घटनास्थलतर्फ प्रहरी पठाइएको बताए ।
यता, बेपत्ता रहेको मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युट एयरको हेलिकप्टरलाई संभावित स्थलतर्फ पठाइएको छ ।
लुक्लाबाट बिहान १०ः०५ मा काठमाडौंका लागि उठेको मनाङ एयर सम्पर्कबिहीन भएपछि खोज्न अर्को हेलिकप्टर पठाइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
मनाङ एयरमा पाँच जना पर्यटक र चालक थिए ।