टेलिकमद्धारा रु २२ लाखमा प्रहरी टोलीको प्रायोजन

Advertisement

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रहरी क्लबको पुरुष तथा महिला फुटबल टोलीलाई एक वर्षका लागि रु २२ लाख प्रायोजन गरेको छ ।
    
टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक तथा केन्द्रीय खेलकुद समितिका अध्यक्ष उपेन्द्रकान्त अर्यालले बुधबार यससम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।  
    
टेलिकमले यही पुस १५ गतेदेखि लागू हुनेगरी पुरुष फुटबल टिमलाई १६ लाख रुपियाँ र महिला फुटलब टिमका लागि छ लाख रुपियाँको प्रायोजन गरेको हो । सम्झौताअनुसार नेपाल प्रहरीका महिला तथा पुरुष फुटबल खेलाडीले एक वर्षसम्म टेलिकमका लोगो तथा नाम अङ्कित जर्सी लगाएर खेल खेल्नु पर्नेछ । 
    
कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले उक्त प्रायोजन व्यवसाय प्रवद्र्धनको उद्देश्यले नभै फुटबल खेलको विकास र विस्तारका लागि गरिएको बताए । त्यस्तै प्रहरी महानिरीक्षक अर्यालले यस प्रायोजनले फुटबल खेलमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
    
टेलिकमका प्रबन्ध निर्देशक आचार्यले पुरुष फुटबल टिमका कप्तान जुमानु राई र महिला फुटबल टिमकी कप्तान चन्द्रा भण्डारीलाई खेल सामग्री प्रदान गरेका थिए । टेलिकमले पुरुष फुटबल टिमलाई विसं २०६८ र महिला फुटबल टिमलाई विसं २०७० देखि निरन्तर प्रायोजन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement