शैक्षिक परामर्श व्यवसायीहरुको संस्था इक्यानमा शेषराज भट्टराई निर्वाचित

Advertisement

काठमाडौँ । विदेशमा अध्ययनका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्श सेवा प्रदायक कम्पनीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । उनले बिष्णुहरि पाण्डेसहित अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै विजयी भएका हुन् । 

शनिबार भएको संस्थाको १९औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले २३८ मत प्राप्त गर्दा पूर्वअध्यक्षसमेत रहेका निकटतम् प्रतिद्धन्द्धी पाण्डेले १४६ मत प्राप्त गरे । भट्टराईलाई निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको पनि समर्थन थियो । 

Advertisement

अध्यक्षको लागि कृष्णहरि केसी र देवीदास भट्टराई पनि प्रतिसपर्धामा थिए । तर उनीहरुको पक्षमा नगन्य भोट खसेको छ । इक्यानमा साढे चार सयभन्दा बढी सदस्य छन् । 

आजको निर्वाचनबाट उपाध्यक्षमा लक्ष्मण पौडेलले २२८, भुवनबहादुर क्षेत्रीले १७२ र गीता शिवाकोटीले १५३ मतसहित विजयी भए । शिवाकोटी भट्टराई प्यानलका हुन भने क्षेत्री र पौडेल पाण्डे प्यानलका हुन् । 

त्यस्तै, महासचिवमा भट्टराईनिकट दीपक भुसाल विजयी भए । उनले २५५ मत प्राप्त गर्दा पाण्डे प्यानलका वासुदेव दाहालले १५५ मत प्राप्त गरे । सचिव दुवै पदमा भट्टराई प्यानलका भावनाथ हुमागाईं २६० र रत्नबहादुर भट्टराई १६८ विजयी भए । 

कोषाध्यक्षमा पनि भट्टराई प्यानलका आशिक कार्की विजयी भए । उनले २०८ मत प्राप्त गर्दा पाण्डे प्यानलका विनोद सुवेदीले २०१ मत प्राप्त गरे । सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित विजयी भए भने उनको निकट प्रतिस्पर्धी पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरे ।

सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित विजयी भए । सदस्यमा नौ जनामध्ये पाण्डे समूहका छ जना छन् । 

Advertisement

Advertisement