साउन १ बाट बन्चरेडाँडा डम्पिङ साइटमा उपत्यकाको फोहोर फाल्न नदिने, स्थानीयवासी आन्दोलित

Advertisement

काठमाडौं । सिस्डोल र बन्चरेडाँडा स्थित डम्पिङ साइटमा भोलि सोमबारदेखि काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नदिने तयारी गरिएको छ । 

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले फोहोर फ्याँक्न नदिने चेतावनी दिएका हुन् ।

Advertisement

ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले काठमाडौंबाट आएको फोहोर सिस्डोल र बन्चरेडाडाँमा फाल्न नदिने जनाएका हुन् । 

उनले फोहोरो र मानवलाई एकै ठाउँमा राख्न नहुने उल्लेख गरे । आफूहरुको माग सम्बन्धित निकायले सुनुवाई नगरेकाले यस्तो कठोर निर्णय गर्नु परेको बताए । ,

डम्पिङ साइट आसपास नुवाकोट क्षेत्रका ढुंगाना गाउँ, पहिरे, सुडीनी, भँडारथुम्का, धादिङ क्षेत्रका चिलाउने गाउँ, छत्रेदेउराली, पाठक गाउँ लगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको उनको भनाइ छ । 

Advertisement

Advertisement