चुक्तापुँजी नपुगेपछि प्रभु इन्स्योरेन्सको तयारी: विदेशी पर्टनर  खोज्नेदेखि हकप्रद जारी गर्नेसम्म

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विदेशी साझेदार नपाएमा आफूहरु हकप्रद शेयर जारी गर्न तयार रहेको जनाएको छ । अहिले उक्त कम्पनीले छिमेकी मुलुक भारतका कम्पनीहरुलाई आफ्नो साझेदार बनाउन लागि परेको हो । तर कम्पनीले आफूहरुले कुनै पनि विदेशी साझेदार नपाएमा हपक्रद शेयर जारी निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार प्रभु इन्स्योरेन्सले दुई अर्ब रुपियाँ चुक्तापुँजी जुटाउनु पर्छ । हाल कम्पनीको पुँजी एक अर्ब ३७ करोड रुपियाँ रहेको छ ।

Advertisement

प्रभु इन्स्योरेन्सले मर्जरको लागि अजोड इन्स्योरेन्ससँग सहमति गरेको थियो, तर उक्त मर्जर प्रक्रिया पूरा हुन नपाई डिमर्जरमा परिणत भएको थियो । हाल अजोड इन्स्योरेन्स युनाईटेड इन्स्योरेन्ससँग मर्ज भइसकेको अवस्था छ भने प्रभु इन्स्योरेन्स एक्लै छ ।

नियामक निकायले तोकेको समय सिमा पनि नाघ्न लागेको अवस्थामा उक्त कम्पनीले केही दिन अघि बसेको संचालक समितिको बैठकबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय​ गरेको छ ।

प्रभु इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गरेर मात्रै पुँजी पुर्याउन सम्भव देखिन्छ । हाल हकप्रदको लागि नेपाल बीमा प्राधिकरणको स्वीकृती मागेको हो ।  

 

Advertisement

Advertisement