टिभिएसको एओजी राइड सम्पन्न, ४० जना राइडर सहभागी

Advertisement

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधन बिक्रेता टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । नेपालकै सर्वाधिक बिक्री हुने सवारीमा चिनिएका टिभिएसको अपाचेको यो राइडमा ४० राइडरहरुको सहभागिता रहेको थियो । 

राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको थियो । युवाहरुको बाइकिङ प्रतिको प्रेमलाई एकै छाना मुनि ल्याउनका साथै राइडरहरु बीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागि परेको छ । 

Advertisement

राइडसँगै सामाजिक कार्यहरुमा पनि सहयोग पु¥याउदै आएको एओजीले यस पटक भने बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना ज्येष्ठ नागरिकसँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको थियो । पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको छ । एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेको जगदम्बा मोटर्सले जनाएको छ । 

बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा भएको कार्यक्रममा टिभिएसका हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्राÞÞ Þलि Þका रिजनल सेल्स अफिसर बिक्रम बोहरा सहभागी थिए । सो अवसरमा राइडरहरुले गीत र नृत्य पनि प्रस्तुत गरेका थिए । अन्तिममा खर्क रिसोर्ट पुगेर एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो ।

जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो । उसको देशभर १४० भन्दा बढी डिलरहरु रहेका छन् । गुणस्तरीय उत्पादन, नवीन प्रविधिको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको दुई–पाङ्ग्रे ब्राण्ड बनेको जगदम्बाको भनाई छ । 

Advertisement

Advertisement