एम्बाप्पेलाई खरिद गर्न साउदी क्लब अल हिलालले प्रस्ताव गर्यो वार्षिक १ खर्ब ११ अर्ब पारिश्रमिक

Advertisement

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पेलाई खरिद गर्न साउदी अरबको एक फुटबल क्लबले महँगो पारिश्रमिकको प्रस्ताव गरेको छ । साउदी क्लब अल हिलालले एम्बाप्पेलाई खरिद गर्न ७ सय मिलियन युरो अर्थात १ खर्ब ११ अर्ब रुपियाँ पारिश्रमिक प्रस्ताव गरेको हो ।

अल हिलालाले एम्बाप्पे हाल खेलिरहेका पेरिस सेन्ट जर्मनलाई औपचारिक रुपमा प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । फ्रेन्च क्लबलाई खेलाडीको मूल्य मात्रै ३ सय मिलियन युरो अर्थात ४३ अर्ब ३६ करोड रुपियाँको प्रस्ताव पेश गरेको छ ।

Advertisement

क्लबसँग एम्बाप्पेको सम्झौता सन् २०२४ सम्म रहेको छ । अर्को सिजन फ्रि ट्रान्फरमै क्बल छाड्ने तयारी गरेपछि पेरिसले एम्बाप्पेलाई अहिले नै बिक्री गर्न लागेको हो । पेरिसले एम्बाप्पेलाई फ्रान्सकै अर्को क्लब मोनाकोबाट १ सय ८० मिलियन अमेरिकी डलरमा खरिद गरेको थियो ।

एम्बाप्पेले यो सिजन क्लबबाट फुटबल खेल्नका लागि अर्को ४ वर्षे सम्झौता गर्नुपर्ने क्लबका अध्यक्ष नासिर अल खालिफले बताएका थिए। क्लबले भने अल हिलालको प्रस्तावलाई स्वीकार गरिसकेको छ ।  तर एम्बाप्पेले भने कुनै प्रतिक्रिया जनाएका छैनन ।

एम्बाप्पे यो सिजन फ्रान्सबाट खेलेर अर्को सिजन स्पेनको रियल मड्रिड जाने तयारी गरेका छन् । तर खेलाडीको चाहानालाई क्लबले अस्वीकार गरेको हो । पेरिस अहिले जापान भ्रमणमा रहेको  छ । तर एम्बाप्पेले भने क्लबको क्याम्प छाडिसकेका छन् ।

यदी एम्बाप्पेले यो प्रस्ताव स्वीकार गरे फुटबल मार्केटको अधिकांस रेकर्ड तोड्नेछन् ।

एम्बाप्पेले अल हिलालको प्रस्ताव स्वीकार गरे मासिक अर्ब ४३ करोड रुपैंया आम्दानी गर्नेछन् । यस्तै प्रतिहप्ता १ अर्ब ८४ करोड आम्दानी गर्नेछ । प्रतिदिन २७ करोड ७५ लाख आम्दानी हुनेछ । यसैगरी प्रति घण्टा १ करोड १५ लाख प्रतिमिनेट १ लाख ९२ हजार र प्रति सेकेन्ड ३ हजार २ सय रुपियाँ आम्दानी गर्नेछन् ।

यसअघि सोही क्लबले लियोनल मेसीलाई ३ वर्षका लागि १२ सय मिलियन युरोको प्रस्ताव गरेको थियो । तर उनले सो प्रस्तावलाई स्वीकार नगरेपछि एम्बाप्पे खरिद गर्ने योजना बनाएको हो ।

अहिलेसम्मको महँगो खेलाडीको रुपमा ब्राजिलका नेइमार जुनियर रहेका छन् । उनी बार्सिलोनाबाट २ सय २२ मिलियन अमेरिकी डलरमा पेरिस गएका थिए ।

 

 

Advertisement

Advertisement