क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले शुरु गर्यो  लघु जीवन बीमा सेवा

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सेवा शुरु गरेको छ । 

सुर्खेतको बिरेन्द्रनगरमा आज आयोजित एक समारोहका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।  

Advertisement

उक्त अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको पालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुर्याउन कम्पनीलाई सुझाए । प्राधिकरणले नियमन र सहजीकरण दुबैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताए ।   

कम्पनी अध्यक्ष ऋषिराज मोरले भच्र्युअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा  परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिनुभयो । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिनुभयो । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । 

सो अवसरमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा प्रदेश सभाका सांसदहरूलगायतले कम्पनीको सफलताको कामना गरेका थिए । 

Advertisement

Advertisement