काठमाडौंका सामुदायिक विद्यालयको एसईईको नजितामा व्यापक सुधार भएपछि बालेन खुशी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजामा व्यापक सुधार भएपछि खुशी प्रकट गरेका छन् । 

सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि फरक ढंगले काम गरिरहेका उनले यस बर्ष एसईईको नजितामा ठूलो सुधार आएपछि सामाजिक सञ्जालमार्फत खुशी प्रकट गरेका हुन् । 

Advertisement

केही दिनअघि परीक्षा बोर्डले सार्वजनिक गरेको नजिताअनुसार काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमध्ये एसईईमा एप्लस ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको छ । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः 

यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५(२.१६) प्रतिशत जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३) प्रतिशत छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । 
आवेदकमध्ये गएको बर्ष १२५ (३.१७) प्रतिशतल जना गयल भए भने यस बर्ष ५० (१.२३ ) प्रतिशत जना गयल देखिए । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ । 

गएको बर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४) प्रतिशतल जना थियो । यस बर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ । यो ५१ प्रतिशत वृद्धि दर हो । गएको बर्ष ६९७ (१७.६८ प्रतिशत) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५ प्रतिशत ) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०) प्रतिशत थियो । यस बर्ष ९७४ (२४.९०) प्रतिशत  पुगेको छ ।

गएको बर्ष १००४ (२५.४६) प्रतिशत को ‘सी प्लस’ ग्रेड आएको थियो । यस बर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४) प्रतिशत पुगेको छ । यसको घट्दो प्रतिशत (–८) प्रतिशत हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९) प्रतिशत ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२) प्रतिशत मा घटेको छ । महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ । 

शैक्षिक सुधार कसरी भयो? जिज्ञासाको उत्तरमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन ग¥यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन ग¥यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’ 

उहाँ थप्दै भन्नुहुन्छ, ‘९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान ग¥यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’ 

महानगरपालिकाले विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा जोड दिएपछि विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाएर शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ । 

Advertisement

Advertisement