लेखा समितिको नेतृत्व नपाए अर्को बैठकमा नआउने एमालेको चेतावनी

Advertisement

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक लेखा समितिलगायतका संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने चेतावनी दिएका छन् । 

आईतवार लेखा समिति बैठकमा बोल्दै उनले समिति बनेको तीन महिना पूरा हुँदा समेत सभापति चयन नभएको भन्दै चाँडो समिति सभापति चयन गर्न माग गरे । लेखा समितिको नेतृत्वमा पनि भट्टराईले आफ्नो पार्टीको दावी प्रस्तुत गरे । लेखा समितिमा प्रायः प्रमुख प्रतिपक्षी दलको साँसदलाई सभापति बनाउने चलन छ । 

Advertisement

उनले संसदीय समिति २०८० वैशाख १५ गते बनेको र सामान्यतया समिति निर्माण भएको एक महिनाभित्र समितिले नेतृत्व पाइसक्नुपर्ने भए पनि सत्ता गठबन्धनका कारण नेतृत्व पाउन नसकेको बताए । भट्टराईले सत्तारुढ गठबन्धनको बार्गेनिङलाई लिएर प्रमुख प्रतिपक्षका कारण समिति नेतृत्व चयन हुन नसकेको भन्ने आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे । 

उनले ३ महिनासम्म पनि सभापति चयन हुन नसक्नु सरकारको कमजोरी भएको बताए । कमजोरीको भारी प्रमुख प्रतिपक्षले बोक्न नचाहेको भट्टराईको भनाई छ । उनले संसदीय प्रक्रियाबाट जाँदा हरेक समितिमा सत्तारुढ गठबन्धनको बहुमत हुने भएकाले संसदीय प्रक्रियाबाट भएपनि समितिलाई नेतृत्व दिनुपर्ने माग गरे । 

भट्टराईले सभापति बिहीन भएर समिति स्थायी कार्यसूचिमा जान नसक्ने बताए । 

Advertisement

Advertisement