ग्लोबल रिचद्धारा आयोजित ‘इन्टर स्कुल फुटसल  टुर्नामेन्ट’मा युलेन्स प्रथम, काष्ठमण्डप दोस्रो

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिच नेपालद्धारा शनिबार आयोजित ‘इन्टर स्कुल ए–लेभल÷आईबीडीपी फुटसल टुर्नामेन्ट’मा युलेन्स स्कुल प्रथम भएको छ भने काष्ठमण्डप एकेडेमी दोस्रो भएको छ । 

नकआउटका आधारमा खेलाइएको फुटसल खेलमा फाइनलमा युलेन्स र काण्ठमण्डप पुगेका थिए । फाइनल खेलमा युलेन्सले ३–० गोलअन्तरले काष्ठमण्डपलाई हराउँदै च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा १६ वटा विद्यालयहरु सहभागी थिए । 

Advertisement

प्रतिस्पर्धामा सहभागी बाँकी विद्यालयहरुमा बुढानीलकण्ठ स्कुल, क्याम्पियन एकेडेमी, चेल्सी इन्टरनेशनल, जेम्स इन्ष्टिच्युट, ग्लोबल कलेज, लिटिल एन्जेलस, मल्पी इन्ष्टिच्युट, नामी कलेज, ओरियन्ट कलेज, प्रिमियर इन्टरनेशनल, रातो बंगला, रुपिज इन्टरनेशनल, सेन्ट जेभियर्स, ब्रिटिस कलेज थिए । 

प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी र प्रमाणपत्र तथा दोस्रो हुनेलाई रनल अफ ट्रफी र प्रमाणपत्र प्रदान गरियो । ग्लोबल रिचले हरेक बर्ष आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको यो पाँचौं संस्करण हो । बीचमा कोरोना महामारीले गर्दा तीन बर्ष भने उसले प्रतियोगिता आयोजना गर्न सकेन् । 

विगत ३२ बर्षदेखि निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको यो कम्पनीले अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement