अल्फाबिटाले साउन २५ मा ‘अष्ट्रेलिया एडमिसन्स डे’ मनाउँदै, २५ वटा विश्वविद्यालय सहभागी हुने

Advertisement

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ मा ‘अष्ट्रेलिया एडमिशन्स डे २०२३’ मनाउने भएको छ । 

अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन लागिएको कम्पनीले जनाएको छ । राजधानीको बुद्धनगर नयाँ बानेश्वरमा कार्यालय रहेको अल्फा बिटाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो कार्यक्रम आयोजना गर्न लागिएको भन्दै एडमिसन्स डेमा अष्ट्रेलियाका २५ भन्दा धेरै विश्वविद्यालय तथा कलेजका प्रतिनिधि प्रत्यक्ष भेटी आफ्ना जिज्ञासाहरु राख्न सकिने छ । 

Advertisement

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने यो मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले अष्ट्रेलियाका विश्वविद्यालय, आफूले पढ्न चाहेको विषय, छात्रवृत्ति, शुल्क अरु विषयमा जानकारी लिन सक्नेछन् । एडमिसन्स डेमा प्रवेश निःशुल्क रहेको छ । 

Advertisement

Advertisement