कक्षा १२ को नजिता नआउँदै त्रिविले खुलायो स्नातक तह प्रथम वर्षको भर्ना

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को परीक्षाको नजिता नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।

एसईईको परीक्षाको नजिता नआउँदै निजी क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुले भर्ना खुलाए जस्तै त्रिविले समेत नियम र विधि मिचेर कक्षा १२ को नजिता नआउँदै भर्ना कार्यक्रम सार्वजनिक गर्न हतारिएको हो । 

Advertisement

त्रिविको सुचनाअनुसार स्नातक तह प्रथम वर्षको लागि साउन २८ देखि भदौ मसान्तसम्म आवेदन दिन सकिने छ । त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरर्गत    क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष २०८०–८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । 
 
कक्षा सञ्चालन भने दशैं तिहारपछि सुरु हुनेछ । 

Advertisement

Advertisement