प्राधिकरणलाई साढे ४६ लाख नतिर्दा सिम्रिक एयरका सबै हेलिकप्टर शुक्रबारदेखि उडानमा रोक

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुक्रबारदेखि सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाउने भएको छ । 

बक्यौता तिर्न अटेर गरेपछि उडानमा रोक लगाएको हो । सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

Advertisement

सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement