नेपाल लाइफको व्यवसाय बढाउने उत्कृष्ठ १ सय ३१ जना सम्मानित

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न भएको छ । 

चितवनमा गत साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १ सय ३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता थियो ।

Advertisement

कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । उनले नेपाल लाइफले नयाँ प्रविधिहरु आत्मसाथ गर्दै अघि बढेको बताएका थिए ।

अर्का संचालक विमल ढकालले अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै, सीईओ प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान दिँदै गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद र चालु आबको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान समेत गरेका थियो ।

एजेन्सी मेनेजरका तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक,  २३ जनालाई रत्न पदक र  ६३ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो । 

एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र  तृतीय हुनेमा बसन्ती शर्मा, मदन भट्ट र  स्नेहा भट्ट तथा व्यक्तिगततर्फ क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement