सिम्रिक एयरले प्राधिकरणलाई बुझायो  ५५ लाख बक्यौता

Advertisement

काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई बुझाउनु बाँकी रहेको बक्यौता बुझाएको छ ।

आज सिम्रिकले तिर्न बाँकी रहेको ५५ लाख १२ हजार १ सय १२.१६ रुपियाँ बक्यौता बुझाएको प्राधिकरणले जनाएको छ ।

Advertisement

यसअघि प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेको भन्दै सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा रोक लगाएको थियो । सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement