सरकारले व्यापारीलाई प्रतिशोधको भावले जेलभित्र थुन्दैछः दुगड

Advertisement

काठमाडौं । व्यवसायी, पूर्वमन्त्री तथा एमाले नेता मोतीलाल दुगडले सरकारले व्यापारीलाई प्रतिशोधको भावले जेलभित्र थुन्ने गरेको आरोप लगाएका छन् । 

नेकपा एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज गरेको वर्तमान आर्थिक अवस्था, समस्या र समाधान कार्यक्रममा दुगडले उक्त आरोप लगाएका हुन् । 

Advertisement

आफ्नो अनुकुल नरहेका व्यापारीमाथी सरकारले धरपकड गरिरहेको छ, उनले भने । 

मारवाडी समुदायलाई लक्षित गरेर कारबाही सुरु गरेको उनको भनाई छ । दुगडले भने, ‘सरकारले अहिले मारवाडी व्यापारी समुदायलाई लक्षित गरेर आक्रमण गरिरहेको छ, दुःख दिने काम गरिरहेको छ, यसको लागि एक जुट भएर अघि बढ्नुपर्ने बेला आएको छ।’

व्यापारीलाई अपराधी करार गरेर सरकारले बदला लिने काम गरेको बताए । एमाले अध्यक्ष केपी ओली सरकारको पालामा व्यावसायीलाई ज्वाइँ समान मानेको र अहिले एउटा कर्मचारीको सुब्बाले पनि थर्काउने गरेको बताए ।

पहिले सुखी नेपाली समृद्ध नेपालको नारा थियो अहिले दुःखी नेपाली समृद्ध बालुवाटार भएको उनको आरोप थियो । 

Advertisement

Advertisement