युनिलिभर नेपालको नाफा  एक अर्ब ८३ करोड, अघिल्लो वर्षभन्दा २९ करोडले बढी

Advertisement

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षमा एक अर्ब ८३ करोड नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २९ करोड बढिको व्यापार गरेको हो ।

विभिन्न मल्टिनेश्नल ब्राण्डको सामाग्री नेपालमा बिक्री गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड नाफा गरेको थियो । नेपाल स्टक एक्सचेन्जमा दर्ता भएको कम्पनी मध्ये सबैभन्दा धेरै मूल्य युनिलिभरको छ । यो कम्पनीको प्रतिकित्ता मूल्य ३६ हजार ९ सय ४९ रुपियाँ रहेको छ ।

Advertisement

कम्पनीले नेपलामा ८ अर्ब थप लगानी बढाउन अनुमति लिइसकेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ सय ८८ रुपियाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा १६ सय ७५ रहेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ८ अर्ब ६७ करोडको व्यापार गरेको थियो ।

Advertisement

Advertisement