अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए अध्ययन गर्न इच्छुक प्लस टू उत्तीर्णहरुलाई निःशुल्क शैक्षिक मेला

Advertisement

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले यही आउँदो भदौ ६ र ८ गते निःशुल्क शैक्षिक मेला ‘ग्लोबल एजुकेसन फेयर’ अयोजना गर्ने भएको छ । 

कक्षा १२ (प्लस टू) उत्रिर्ण विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको मेलामा सहभागी विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, यूएसए, यूकेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग विदेश अध्ययनका लागि भर्ना, छात्रवृत्ति, फाइनान्सियल तथा भिसा डकुमेन्टेशनका बारेमा पं्रत्यक्ष परामर्श लिन सक्नेछन् । 

Advertisement

साथै, विद्यार्थीहरुले आईईएलटीएस, पीटीई, टोफल जस्ता भाषा कक्षामा भारी छुट पनि पाउने एईसीसी नेपालले जनाएको छ । विगत १२ बर्षदेखि सेवारत यो संस्था सबैभन्दा बढी सक्सेस रेट बनाउन सफलमध्येमा पर्दछ । हालसम्म आफूहरुले हजारौं विद्यार्थी तथा अभिभावकलाई भिसा दिलाएर सन्तुष्ट बनाउन सफल भएको पनि एईसीसीले जनाएको छ । 

अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डका प्रमुख विश्वविद्यालयहरुका प्रतिनिधिहरुसँग एउटै छातामुनी अन्तरक्रिया गर्ने अवसरका साथै विदेशमा गएर अध्ययन गर्नका लागि छात्रवृत्ति, वित्तीय कागजाज, भर्ना प्रक्रियाका बारेमा यस एजुकेशन फेयरमा जानकारी लिन नसकिने बताउँदै आईईएलटीएस, पीटीई, टोफल, ब्रिटिस काउन्सिल, पिर्सन, ईटीएसका प्रतिनिधिसँग पनि भेट्न पाइने बताउँदै एईसीसीले कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्विज खेली उपहार जित्नसक्ने र कक्षाहरुमा २० देखि ५० प्रतिशतसम्म छुट जित्नसक्नेछन् । 

मेलामा सहभागी हुन कुनै शुल्क नलाग्ने भएकाले प्लस टू उत्रिर्ण विद्यार्थीहरुका लागि यो सुनौलो अवसर भएको एईसीसीको भनाई छ । 

बिस्तृत जानकारी : https://bit.ly/3qwtOuo

Advertisement

Advertisement