रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका ११ विधार्थीलाई दियो छात्रबृत्ति

Advertisement

काठमाडौं ।  रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरी ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । 

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धिले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए । एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो  । 

Advertisement

छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/–, दोश्रो हुनेलाई रु. ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/– एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरुले छात्रवृत्तिमा छनोट भएका हुन् । 

छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रथम पुरस्कार पाउने ईशान्तकुमार मिश्र, दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् । सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरु शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान  रहेका छन् ।
   
विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टको आयोजनामा संचालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्याथीलाई शैक्षिक क्षेत्रर्मा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरुलाई पनि पठन पाठन तर्फ आकर्षित गरेर स्मार्ट विद्यार्थी बन्न थप मनोबल पुग्नेछ भन्ने अपेक्षा गरिएको छ ।
 

Advertisement

Advertisement