चतुर तामाङ १४२औं पटक माउन्ट एल्ब्रस चढ्न सफल

Advertisement

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले १४२औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्न सफल भएका छन् । 

उनले आइतबार बिहान पत्रकारिता तथा उड्डयन क्षेत्रमा कार्यरत पर्वतारोहीहरु फुर्पा शेर्पा र ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेका छन् । 

Advertisement

लामो समयदेखि रुसमा रहेर माउन्टेन गाइडको काम गर्दै आएका उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । 

हालसम्म उनले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लागतको सफल आरोहण गरेका छन् ।

Advertisement

Advertisement