काठमाडौं महानगरले  अब कक्षा १० सम्मकै  विद्यार्थीहरुलाई  दिवा खाजा  दिने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका ८९ वटा सामुदायिक  विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई  दिवा खाजा उपलब्ध  गराएको छ  ।

भदौ  १ गतेदेखि  कक्षा ९ र कक्षा  १० का विद्यार्थीहरुलाई पनि दिवा खाजा  उपलब्ध गराउने निणर्य गरेको महानगर शिक्षा प्रमुख सिताराम कोइरालाले बताए ।

Advertisement

महानगरले   कक्षा ८ सम्मका विद्यार्थीहरुलाई यसअघि दिवा खाजा दिँदै आएको थियो । 

संघीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ। दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी १५ रुपियाँका दरले  विद्यालयलाइ उपलब्ध गराउँदै आएको छ । 

महानगरले कक्षा ६ देखि कक्षा  १० सम्मका विद्यार्थीहरुलाई सरकारले दिएको १५ रुपियाँमा थपेर हरेक विद्यार्थीलाई दैनिक ३० रुपियाँका दरले खाजा दिने   
कोइरालाले जानकारी दिए । 

महानगरले निर्णयपछि ८९ विद्यालयबाट ४० हजार विद्यार्थीले दिवा खाजा पाउने भएका छन् । दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन गरेको छ ।


 

Advertisement

Advertisement