काठमाडौं । सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच आईपीओ निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।
ठूलो खोला हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ । सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको छ ।