त्रिवि सेवा आयोगका अध्यक्षसँग कर्मचारी संघले राख्यो ९ बुँदे माग

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई कर्मचारीहरूले ९ बुँदे माग पेस गरेका छन् । 

त्रिवि कर्मचारी संघले आज अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे ज्ञापन पत्र पेस गरेका हुन् ।

Advertisement

संघले त्रिवि कार्यकारी परिषदबाट विज्ञापनका लागि श्रेणीविहीन कर्मचारीहरूको विज्ञापन यथाशीघ्र प्रकाशित गर्नुपर्ने माग राखेको छ । 

त्यस्तै विज्ञापन नम्बर १८ सँग सम्बन्धित पुस्तकालय अधिकृत लगायत पदमा अन्तरवार्ता समेत भएर नतिजा प्रकाशन गर्न मात्र रोकिएका पदहरूको यथाशीघ्र नतिजा प्रकाशित गर्न कर्मचारीहरुले  आग्रह गरे । 

त्रिवि कार्यकारी परिषदबाट विज्ञापनका लागि पठाई सकिएको श्रेणी विहीन कर्मचारीहरूको विज्ञापन  प्रकाशित गर्नुपर्ने माग पनि राखे । 

चालकहरूको प्रयोगात्मक परीक्षा सम्पन्न भइसकेको र कुनै विवादमा नभएको परीक्षा समेत विना कारण रोकिएकाले तुरुन्त नतिजा प्रकाशित हुनु पर्ने उल्लेख गरे । 

त्रिवि सेवा आयोगले वार्षिक कार्य योजनासहितको विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य तालिका नै बनाएर काम अघि बढाउन पर्ने लगायतका माग अघि सारेका छन् ।   

Advertisement

Advertisement