काठमाडौं। महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। अष्ट्रेलियाको सिड्नी स्टेडियममा भएको खेलमा स्पेनले इंल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
खेलको २९ औं मिनेटमा स्पेनकी खेलाडी कार्मोनाले सुरुवाति अग्रता दिलाएकी थिइन। तर खेलको दोस्रो हापमा स्पेनले पेनाल्टी पाएपनी गोलमा परिणत गर्न सकेन।
पेनाल्टी बचाएर खेलमा फर्किन प्रयास गरेको इंल्याण्डको अग्रपंत्ति नचल्दा खेल हार्न बाध्य भयो। खेल अवधिभर ८ सट प्रहार गरेकोइंल्याण्डले ३ सट मात्रै टार्गेटमा राख्न सकेको थियो। यो मध्ये कुनैपनि शक्तिशाली सट खेल्न इंल्याण्डले सकेन। स्पेनको तर्फबाट १३ पटक शक्तिशाली प्रहार भएको थियो। जसमा ५ सट टार्गेटमा राखेको थियो।
५८ प्रतिशत बल पोजिसन आफ्नो नियन्त्रणमा राखेको स्पेनले इंल्याण्डलाई हराएको हो।