बिदा स्वीकृत नभई लामो समय विद्यालय नआउने शिक्षकलाई केन्द्रले कारबाही गर्ने
फाइल तस्बिर

Advertisement

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भत्तपुरले बिदा स्वीकृत नगराई लामो समय बिदा बस्ने  शिक्षकलाई कारबाही गर्ने भएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै लामो समय सम्म विद्यालय  नजाने   शिक्षकहरुलाई प्रचलित ऐन, कानुन अनुसार कारबाही गर्न निर्देशन दिएको हो । 

Advertisement

विद्यालयमा  लामो सामय अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजीनामा पेस गर्ने एवं सेवा सुविधा मात्र प्राप्त गर्ने सिफारिस माग गर्ने शिक्षकलाई कारबाही गरिने छ ।  

शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा ९५० मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नुपर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरीत कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानुनी व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । 

Advertisement

Advertisement