एलआइसी नेपालले व्यतित बीमालेखको विलम्ब शुल्कमा छुट दिने

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ । 

उक्त कम्पनीले व्यतित भएका बीमालेखहरूमा भदौ १ गतेदेखि असोज १३ गतेसम्म सुचारु भएका बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो ।

Advertisement

बीमितहरुले बीमाशुल्क तिर्न ढिलाई भएका बीमालेखहरुमा ४० प्रतिशतसम्म छुट दिइने छ । यसरी व्यतित बीमालेख पुर्नजागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतममा २५ हजार रुपियाँभन्दा बढी छुट नहुने कम्पनीले जनाएको छ ।

यस योजनामा समावेश भई बीमालेखहरु पुनर्जागरण गर्दा एकातर्फ सुलभ दरमा बीमा सुचारु भई कम्पनीप्रति बीमितको विश्वास बढ्न जाने र अर्कोतर्फ बीमितको जोखिमको पनि रक्षावरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सोही अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन बीमितहरुलाई आग्रह गरेको छ ।
 

Advertisement

Advertisement