सानिमा बैंकका ग्राहकलाई दराजबाट समान किन्दा २० प्रतिशतसम्म छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘मन्थ्ली पे डे’  योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । 

ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्ने छन् । 

Advertisement

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु. ५००/-सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु ७५०/- सम्मको छुट प्राप्त गर्न सक्ने छन् । 
छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने छन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नु पर्नेछ । 

बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा छन् । 
 

Advertisement

Advertisement