एशियन लाइफले दिएको मृत्यु दाबी भुक्तानी शंकास्पद, श्रीमानले श्रीमतिको हत्या गरेको आशंका !

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले दिएको एक करोड रुपियाँ बराबरको दाबी भुक्तानी विवादमा तानिएको छ । बीमित पर्सा जिल्लाकी हजरा खातुनको मृत्यु भएको घटनालाई दिएर प्रहरीले अनुसन्धान शुरु गरे पछि आशंका उत्पन्न भएको हो । 

खातुनको मृत्युपछि श्रीमान नाथु देवानले एक करोड दुई लाख  रुपियाँ बराबरको मृत्यु दाबी पाइसकेका छन् । 

Advertisement

खातुनका माइती पक्षले मृत्यु रहस्यमय रहेका भन्दै उजुरी दिएपछि नियोजित रुपमा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।​

आफ्ना ज्वाँईले बीमाको दाबी भुक्तानी रकम पाउनका लागि गरेको हत्या गरेको भन्दै माइती पक्षले प्रहरीको जाहेरी दिएका छन् ।

बीमांक रकमको २२ लाख ५६ हजार रुपियाँ एसियन लाइफका अभिकर्ता नासिर अन्सारीले सिधै कम्पनीमार्फत बुझेको आरोप लागेको छ । त्यस्तै, ५० लाख रुपियाँ भने गुहेश्वरी मर्चेन्टमा ऋण तिर्ने प्रयोजनका लागि भन्दै भुक्तानी गरिएको र बाँकी रहेको ३० लाख रुपियाँ कम्पनीमै फिर्ता गरिएको आरोप लागेको छ ।

यसअघि पनि बीमा क्षेत्रलाई नै जोडेर रौतहट जिल्लामा एक बालकको हत्या, साजन बिक हत्या काण्ड तथा हेटौंडामा सुस्मिता हत्या काण्डहरु भइसकेका छन् । यस्ता घटना बीमामा जोडिए पनि पछिल्लो घटनाको बारेमा भने प्रहरीले अहिले अनुसन्धान सुरु गरेको हो ।

Advertisement

Advertisement